सिंहदरबारको फोहोर उठाउन काठमाडौं महानगरलाई आदेश

काठमाडौै । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकालाई सिंहदरबारभित्रको फोहोर तीन दिनभित्र उठाउन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले महानगरपालिकालाई सिंहदरबारभित्रको फोहोर तीन दिनभित्र उठाउन अन्तरिम आदेश दिएको हो ।

सिंहरदरबारभित्रको क्षेत्र, राष्ट्रपतिको कार्यालय शितल निवास र प्रधानमन्त्री कार्यालय रहेको क्षेत्रका फोहोर उठाई अविलम्ब बिसर्जन गर्न सर्वोच्चले महानगरलाई आदेश दिएको हो ।

महानगरपालिकाका मेयर बालेन्द्र शाहले संघीय सरकारले आफूहरुसँग समन्वय नगरेको भन्दै गत चैत २४ गतेदेखि ती क्षेत्रको फोहोर नउठाउन निर्देशन दिएपछि दुर्गन्ध फैलिएको छ ।

अधिवक्ता पदमबहादुर श्रेष्ठले महानगरविरुद्ध रिटमा दायर गरेका थिए ।

 

You May Also Like