मुगुका बालबालिका आफ्ना योजना छनोटमा सक्रिय

गगमढी । बिगत दुई दशक पछिको स्थानिय तहको निर्वाचन पछि भईरहेको स्थानिय स्तरीय तह स्तरिय योजना छनोटमा मुगुका बाल बालीका आफ्नो योजना छनोटमा आफै अघी सरेका छन । मुगु जिल्लामा रहेको एक मात्र छायाँनाथ रारा नगर पालिका रहेको एक देखी १४ वडा सम्मका बाल बालिकाहरुले बाल संन्जाल बाट वडा हुदै नगरपालिका सम्म बाल बालिकाहरुको हकहितको लागी आवाज उठाउन थालेका हुन् ।

बालबालिकाहरुले आफ्नो हकहितको लागी प्रजनन् स्वस्थ्य,छाउपडी मुक्त, बालबिवाह, बिद्यालय खेलकुद सामाग्रीहरु, खेलमैदान, बाल मैत्रीक बिद्यालय, शैचालय, लगाएत, बालबालिकामा हुने बिभेद ’bout लगाएतका योजना रहेका छन ।

‘बिगतका बर्षहरुमा कर्मचारी तन्त्र हुन्थ्यो’ नगर बाल सञ्जालकी अध्यक्ष रेणुका हमालले भनिन् ‘बाल बालीकाको नाममा सरकारले बर्षिक १५ प्रतिशत रकम छुट्याउने भएपनी पहिले कहा जान्थ्यो थाहा छैन, अब आफ्नो नाममा आएको रकम दुरपयोग हुन दिदैनौ ।’ बालबलिकाहरुले ल्याएका बालमैत्री योजनाहरुलाई पनी प्राथामिक्क्ताका साथ लैजाने नगरपालिकाका नगरप्रमुख हरिजङ्ग शाहीको भनाई समेत रहेको छ ।

You May Also Like