गायिका इन्दिरा जोशीले गरिन् विवाह


काठमाडौं, ३१ जेठ ।

चर्चित गायिका इन्दिरा जोशी विवाह बन्धनमा बाँधिएकी छन् । जोशीले प्रेमी तथा फेसन डिजाइनर शरद केडियासँग विवाह गरेकी हुन्।

आइतबार बिहेको कार्ड सार्वजनिक गर्दै उनले विवाह गर्न लागेको जानकारी दिएका थिए । जोशीले आफ्नो इन्स्टाग्राममार्फत विवाहको तस्बिर सार्वजनिक गर्दै भनेकी छिन्,  ‘अब हामी श्रीमान-श्रीमती भयौं ।’

तीन वर्षदेखि सम्बन्धमा रहेको इन्दिरा र शरदले गत वर्ष सगरमाथाको नाम्चेमा पुगेर इन्गेजमेन्ट गरेका थिए। शरदले इन्दिरालाई इन्गेजमेन्ट औंठी लगाइ दिएपछि इन्दिराले बिहेको प्रस्ताव स्वीकार गरेकी थिइन्।

You May Also Like