भाइरल तीनधारे झरना, तपाई कहिले जाने ।

सामाजिक सञ्जालमा निकै चर्चा पाएको तीनधारे अर्थात बाहुबली झरना नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दैछ । सामाजिक सञ्जालमा भाइरल भैरहेको तीन धारे झरना काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. २ काफल डाडामा पर्दछ । प्रकृतिको सुन्दर उपहार मनमोहक यो झरना पछिल्लो समय धेरैको मन मस्तिष्कमा बस्न सफल भएको छ । एक चोटि पुगौ पुगौ लाग्ने, पुगे पछि छुट्न मन नलाग्ने । झरनाको माथिबाट छंगछंग बग्ने कञ्चनरुपी पानीको फोहराले यहा पुग्ने जो सुकैलाई आनन्दित बनाउँछ । तिनधारे झरना अहिले फेसबुक, टिकटक, यूटुव र इन्स्टाग्राम भाईरल भइरहेको छ ।

सामाजिक संजालमा पोस्ट भएका भिडियो हेरेर नै तीनधारे झरनामा आन्तरिक पर्यटकहरुको भिड लाग्ने गरेको छ । युवायुवतीहरु विभिन्न समूह बनाएर बाहुबली झरना सम्म पुग्न थालेका छन उनीहरु यहा पुगेर झरनाको पानीमा नुहाउदै आनन्द लिन्छन ।
बाहुबली झरनाले चर्चा कमाएसंगै विगत १ महिना यता आन्तरिक पर्यटकहरुको घुईचो लाग्ने गरेको छ । हाल दैनिक करिब ५ सय बढी पर्यटक यहा सम्म पुग्छन । शनिवार र छुट्टीको दिनहरुमा १ हजार ५ सय सम्म आन्तरिक पर्यटकहरुले झरना अवलोकन गर्न पुग्ने गरेको स्थानिय बताउँछन ।

काठमाण्डौं बाट करिव ६० किलोमिटरको दुरीमा रहेको यो झरना काभ्रे जिल्लाको सदरमुकाम धुलिखेबाट ३० किलोमिटरको दुरीमा छ । तीनधारे झरना करिव ३०० मिटरको उचाईबाट झर्छ । प्रचार प्रसारको अभावमा विगतमा ओझेलमा परेको झरनामा एकाएक पर्यटकहरु बढे पछि स्थानियहरु पनि खुशी भएका छन ।

कसरी पुग्ने तीनधारे झरना

निजी सवारी साधन जीप वा मोटरसाईकलमा काठमाण्डौंबाट भक्तपुर हुदै काभ्रेको सदरमुकाम धुलिखेलबाट विपी राज मार्गमा पर्ने काभ्रे भञ्ज्याङ्ग पुगिन्छ । काभ्रे भञ्ज्याङ्गबाट तिन धारे झरनाको बाटो छुटिन्छ । भञ्ज्याङ्गबाट नमोबुद्ध, दाप्चा हुदै रोशी खोला पुल तरेर उकालो लागे पछि काफल डाडा पुगिन्छ । काफल डाडा सम्मको यात्रा काठमाण्डौ देखि धुलिखेल ३० कि।मि।, धुलिखेल देखि काभ्रे भञ्ज्याङ्ग ५ कि।मि। र काभ्रे भञ्ज्याङ्गबाट नमोबुद्ध सम्म ६ कि।मि। सडक पक्की छ । नमोबुद्धबाट काफल डाडा सम्मको करिब १९ कि।मि। सडक साघुरो र कच्ची सडकको यात्रामा काफल डाडामा सवारि साधन पार्किङ्ग गरेर करिब २५ मिनेटको पैदल यात्रा पछि तिनधारे झरना पुग्न सकिन्छ ।

झरनाको तल्लो भाग सम्म सहजै पुग्न सकिन्छ भने माथिल्लो भागमा पुग्न चिप्लो भएकाले अलि खतरा छ । माथिल्लो भाग सम्म जानै परे निकै होशियारीका साथ जानु पर्ने हुन्छ । तीनधारे झरनाको माथिल्लो भागबाट झरनाको पुरै दृश्य अवलोकन गरेर मनोरञ्जन लिन सकिन्छ ।

झरना ’round खाना बस्नको लागि होटलको व्यवस्था छैन । दैनिक आवतजावत गर्ने पर्यटकहरुको लागि भने सामान्य खाजा नास्ता पाइन्छ । झरनाको प्रचार संगै पर्यटकको संख्या बढ्न थाले पछि स्थानियहरु व्यापार व्यवसाय गर्ने योजनामा लागेका छन । स्थानिय सरकारले पनि पूर्वाधार निर्माणको विकास गरी तीनधारे झरनालाई उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने तयारीमा जुटेको छ ।

भिडियो हेर्नुर्नहोस ।

You May Also Like