दार्चुलामा यार्सा संकलकमाथि चटयाङ

दार्चुला । दार्चुलामा चटयाङमा परेर तीनजना घाइते भएका छन् । यार्सागुम्बा संकलन गरिरहेकामाथि चटयाङ पर्दा तीनजना घाइते हुन पुगेका हुन् । उनीहरूको अहिले उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार दुहुँ गाउँपालिका– १ पिपलचौरीका ३७ वर्षीय आनसिंह महरा र उनकी ३० वर्षीया श्रीमती मानमती महरा र सोही गाउँपालिका–२ हिकिलाका १८ वर्षीय महेश बडाल घाइते हुन पुगेका हुन् ।

यसअघि पनि यार्सा संकलन हिम पहिरोमा पुरिँदा झन्डै आधा दर्जनको मृत्यु भएको थियो ।

You May Also Like