यी हुन कर्णालीकी छाेरी पञ्‍चा क्रान्तिकारी विद्यार्थी अान्दाेलनकी लाेकप्रिय चेली

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको इतिहासमा पहिलो पटक निर्वाचनको माध्यमबाट नयाँ नेतृत्व चयन गरिएको छ । शनिबार विहान सम्पन्‍न मत गणनाअनुसार सबैभन्दा कर्णालीकी चेली पञ्‍चा सिंहले पाएकी छन् । महिला उपाध्यक्षकी उम्मेदवार पञ्‍चाले कुल खसेको १ हजार ७ सय ४ मतमध्ये १ हजार ५४ मत प्राप्त गरेकी छन् । उनकी प्रतिस्पर्धी लक्ष्मी प्रधानले ५२४ मत मात्र पाइन् ।

यी हुन पञ्चा

सम्मेलन नजिकिदै थियाे पञ्चालार्इ संगठनकाे तयारी भ्यार्इ नभ्यार्इ थियाे । लामाे समय शसस्त्र संघर्षमा हाेमीएर जिवनलार्इ स्पात बनाउदै २१ अाैँ राष्ट्रिय सम्मेलनसम्मा पुगेकी पञ्चा अरू भन्दा पृथक थिइन । १० बर्षे जनयुद्धमा त्याग,बलिदान र समर्पण गरेर लामो समयसम्म वर्ग संघर्षमा होमिएकी पञ्‍चा शान्तिप्रक्रियासँगै खुला राजनीतिमा आएकी हुन् । कालिकोटको सिमखेत गाउँमा जन्मेकी उनी २०५९ सालमा पूर्णकालिन रुपमा विद्यार्थी राजनीतिमा हाम फालेकी थिइन् । सानै बिद्राेही स्वभावकी पञ्चाकाे जिवनमा पनि अाँधीबेहरी नअाएकाे हैन तर कतै बिचलित नभइ अनबरत संघर्षमा क्रियाशिल उनि तिक्ष्ण स्वभावकी छन ।

स्कूले जीवनबाटै जनयुद्ध हुँदै विद्यार्थी राजनीतिमा प्रवेश गरेकी पञ्‍चा सहिद परिवार समेत हुन् । अखिल क्रान्तिकारीभित्र माओवादी आन्दोलन र शैक्षिक मुद्धालाई प्रष्टसँग राख्ने छवी बनाएकी उनि प्रखर बक्ता समेत हुन ।

यसरी साबित गरिन अाफुलार्इ अब्बल

पञ्‍चाले क्रान्तिकारी विद्यार्थी अान्दाेलनकाे इतिहाँसमा पहिलाे पटक भएकाे चुनावमा अाफुलार्इ संगठनकाे सबैभन्दा लाेकप्रिय भएकाे साबित गरेकी छन । उनले अाफ्नी प्रतिस्पर्दी मात्र नभएर संगठनका निर्वाचित सबैभन्दा बढी भाेट ल्याएर अाफुलार्इ अब्बल प्रमाणित गरिदिएकी छन । कुसे न्युजबाट

You May Also Like