प्रतिबन्ध विरुद्ध जर्मनीमा प्रदर्शन, हजारौको सहभागिता

कोरोना भाइरस रोकथामका लागि लगाइएको प्रतिबन्धको विरुद्धमा जर्मनीको बर्लिनमा हजारौं मानिसले प्रदर्शन गरेका छन् । शनिबार दुई समुहमा भएको उक्त प्रदर्शनमा करिब ३८ हजार मानिस सहभागी भएको बताइएको छ । बर्लिनमा लकडाउनको पालना गर्न आग्रह गर्दा पनि प्रदर्शनकारी नरोकिएपछि सुरक्षाकर्मीले दुई सय प्रदर्शनकारीलाई प्रक्राउ गरेको थियो । प्रदर्शनमा मानिसहरुले भौतिक दुरीको नियम पालना नगरेको प्रशासनले बताएको छ । सोहि कारण उनीहरु मध्ये केहीलाई हिरासतमा लिइएको छ । ¥याली रोक्ने क्रममा केही सुरक्षाकर्मी पनि घाइते भएका समाचारमा जनाइएको छ । प्रदर्शनकारीले प्रतिबन्धको नियमले आफूहरुको स्वतन्त्रताको अधिकार हनन भएको बताएका थिए ।

जर्मनीमा हाल सम्म दुई लाख ४२ हजार भन्दा धेरै कोरोना भाइरसका संक्रमित फेला परिसकेका छन् । उनीहरु मध्ये नौ हजार ९२७ जनाको मृत्यु भइसकेको छ । जर्मनीमा गत अप्रिलमा भौतिक दुरी कायम राख्ने नियम खुकुलो पार्न शुरु गरिएको थियो । तर, पछिल्लो समय कोरोना भाइरसको संक्रमण पुनः बढेसँगै प्रतिबन्धको नियममा कडाइ गरिएको हो ।

बिहीबार जर्मन चान्सलर एन्जेला मर्केलले सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई ५० पाउण्ड जरिवानाको घोषणा गरेकी थिइन् । साथै सन् २०२० भर मुलुकभर सार्वजनिक भेलामा रोक लगाइएको थियो ।

स्रोत ः बीबीसी

You May Also Like