कोराना लकडाउन पछिको व्यवहार : हिक्मत सिंह ऐर

राष्ट्रियता मात्र सोचेर होईन, गरेर जोगिन्छ ,
अरुले भन्दा आफैंले भोगेर पाइन्छ ।

देश चिन्दा पो राष्ट्रियता जागिन्छ,

अरुले हैन आफैंले हेरि यो कुरा बुझिन्छ ।

पूर्व , पश्चिम घुमेर हेरौँ कस्तो पो रहेछ,
विदेशीले भन्दा हाम्राले भनोस्,
देश यस्तो पो रहेछ ।

गाउँघरको वास,दिन्छ सुभाष,मनै हरर
साँचेर राखौ यो देश हाम्रो पूर्खाको धरोहर ।

राष्ष्ट्रियता मात्र सोचेर होईन, गरेर जोगिन्छ ,
देशको सिमा समयमै कोरौ, सधैँ लाई साँचिनेछ ।

अरुले गर्ला भनेर बस्दा केहि नै पाइन्न।
घुमेर हेरौ आफैंमा खोजौ राष्ट्रियता कति छ ।

घूमौं आफ्नो देश, अनि विदेश  ।।

लेखक  : हिक्मत सिंह ऐर

You May Also Like