जुम्ला:६ महिनामा ३ करोड ९१ लाख राजश्व संकलन

नेत्र शाही/जुम्ला । करदाता सेवा कार्यालय जुम्लाले ६ महिनामा ३ करोड  ९१ लाख राजश्व संकलन गरेको छ । 

कार्यालयले आर्थिक वर्ष ०७३/०७४ को ६ महिनाको अवधिमा ३ करोड ९१ लाख १९ हजार ९ सय २९ रुपैयाँ ५९ पैसा राजश्व संकलन गरेको कार्यालयका कर अधिकृत खडानन्द खत्रीले बताउनुभयो ।

कार्यालयले आयकरबाट २ करोड ५३ लाख ७४ हजार ३ सय ८८ रुपैयाँ, बहाल करबाट १७ लाख ३१ हजार ९ सय ८० रुपैयाँ, ब्याजकरबाट १ लाख २४ हजार ३८ रुपैयाँ, मूल्य अभिवृद्धिकरबाट ९५ लाख ११ हजार ४ सय ५ रुपैयाँ, अन्तशुल्कबाट २३ लाख ६ हजार २ सय ३७ रुपैयाँ र शिक्षा सेवा शुल्क ७१ हजार ८ सय ७७ रुपैयाँ कर उठेको खत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार जुम्लामा लक्ष्यभन्दा २ प्रतिशत बढी कर उठाइएको छ । ‘यो वर्ष  जुम्लाबाट ८ करोड ४२ लाख ७ हजार रुपैयाँ कर उठ्ने लक्ष्य छ’, कर अधिकृत खत्रीले भन्नुभयो, ‘लक्ष्यभन्दा बढी कर उठ्ने आशा गरेका छौं ।’

गएको वर्ष जुम्लामा ६ करोड ५४ लाख रुपैयाँ कर उठेको कार्यालयको तथ्यांक छ ।

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

You May Also Like