चित्रशेनकलीले जन्माईन् स्वस्थ छावा, खुसीयालीसँगै आरक्षमा व्यस्तता बढ्यो

बारा । पर्सा राष्ट्रिय निकुञ्ज अमलेखगंज हात्तिसारका कर्मचारीहरु शनिवार विहानैं देखि सुत्केरीको स्याहार सुसार र आहार जुटउँनमा व्यास्त भएका छन् । 

चित्रकलसेनीले शनिवार विहान ३:१२ बजेको समयमा स्वस्थ पोथी छावाको जन्म दिए पछि आमा र छोरीको स्याहार सुसारमा व्यस्त भएका हुँन् ।

यति बेला पर्सा राष्ट्रिय निकुन्ज अमलेखगंज हात्तिसारमा मेला लागे जस्तै भएको छ । हात्तीसार ’roundका स्थानीयहरु छावा हेर्न दौडधुप गरिरहेका छन् । उत्साह सँगसँगै व्यास्तता पनि थपिएकोले कर्मचारीहरुले कामको बाँडफाँड गरी कोही खिर पकाउँदै छन्, त भने कोहीले उँखु , केरा र पोषिलो घाँसको खोजिमा जुटेका छन् । 

खुशियालीसंगै दरोगा जलेन्द्र प्रसाद चौधरीलाई भने आमा छोरीको सरसफाईसँगै बच्चालाई आमाको दुध चुसाउँन व्यस्त छन् अहिले । उनी मात्र होईन उनका समूँहका पछुवा र माहुतहरु पनि  सँगसँगै लागि परेका छन् ।

गत विक्रम् सम्वत् २०४१ सलमा स्थापना भएको यो हात्तीसारमा यस अघि भवानीकलीले २०५६ सालमा मृत भाले बच्चा जन्माएकी थिईन् । त्यस पछि १२ वर्षिय कान्छी ढोई चित्रसेनकलीले स्वस्थ्य पोथी छावाको जन्मले निकुञ्मा नयाँ खुसि थपिएको पर्सा बन्य जन्तु निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताए । 

चित्रसेनकली गर्भवती भएको २२ महिना पुरा भई २३ महिना लागे पछि सुत्केरी भएको पनि उनले बताए ।  २४ महिना वा पछि जन्मिने छावालाई खतरा पनि हुँन सक्ने भनी यस अघि चिकित्सकले बताएका थिए ।

बच्चा जन्माउँने बेथा लागे पछि आमाले हात खुट्टा चलाएर छावालाई मार्न पनि सक्ने संभावना भएकाले उनीहरु हात्तीको नजिकै टेण्ट टाँगेर निगरानीमा थिए ।

पर्सा राष्ट्रिय निकुञ्ज हात्तिसारमा कार्यर्त चित्रसेनकली निकुञ्जको प्रतापपुर पोष्टमा गस्तीका लागि काजमा खटिएको बेला २÷३ दिन हराएर त्यहाँ आएको एउटा जंगली मत्ता हात्तिसँग गर्वधारण गरेको दरोगा जलेन्द्र प्रसाद चौधरीले जानकारी दिए । त्यही आधारमा चित्रसेनकली २०७२ चैत १५ गते तिर गर्भिणी भएको अनुमान गरिएको थियो ।

हात्तिसारमा रहेका १० हात्ति मध्ये चित्रसेनकली समेत अन्य चार ढोई हात्ति मात्र बयस्क तथा प्रजनन क्षमता भएका छन् । गर्भिणी भएको यकिन भए पछि उसलाई अन्य हात्तिका तुलनामा आहार , आराम र सेवा टहलमा विषेश हेरविचार पुर्याईएको थियो ।

सामान्य तया हात्तिले गर्भधारण गरेको २० देखि २२ महिना भित्र छावालाई जन्म दिने गरेको पाईन्छ ।

 

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

You May Also Like