हुम्लाः नुन लिन दुई साता पैदल

हुम्ला — दक्षिणी हुम्लाका चार गाउँपालिकाका बासिन्दालाई नुन खरिदका लागि दुई सातासम्म हिँड्नुपर्ने बाध्यता छ । साल्ट ट्ेरडिङ कर्पाेरेसनले सहुलियत मूल्यको नुन उपलब्ध नगराउँदा स्थानीय मुगु सदरमुकाम गमगढी र बाजुरा सदरमुकाम मार्तडीसम्म पुग्छन् । ती स्थान पुगेर फर्कंदा दुई सातासम्म लाग्ने गरेको छ ।

 कर्पाेरेसनले डिपो स्थापना नगरी ढुवानीका लागि ठेकेदारलाई जिम्मा दिएको छ । तर, ठेकेदारले ढुवानी नगर्दा चंखेली, सर्केघाट, अदानचुली र ताजाकोट गाउ‘पालिकाका बासिन्दा मर्कामा छन् । दक्षिण हुम्लाका चार गाउ‘पालिकामा कर्पाेरेसनले नुन उपलब्ध नगराएको चंखेली गाउ‘पालिका १ का तिलक बोहराले बताए ।
 
उनका अनुसार चंखेली र सर्केघाट गाउँपालिकाका बासिन्दा मुगुको गमगढी र अदानचुली तथा ताजाकोट गाउँपालिकाका बासिन्दा बाजुराको कोल्टी वा मार्तडी पुगेर नुन किन्छन् । ‘महँगो मूल्यमा खरिद गरी चर्काे ढुवानी भाडा तिरेर उपभोग गर्न बाध्य छौं,’ उनले भने ।
 

यो पनी समाचारः प्रदेश ६ को पहिलो बैठक माघ २१ मा

आफ्ना भेडाबाख्रा भएकाहरूले वर्षाका बेला तिनैलाई बोकाएर तीन साता लगाई तिब्बतबाट ढिके नुन ल्याउने गरेका छन् ।  कर्पाेरेसन नेपालगन्जका प्रमुख मनोज चौधरीका अनुसार ढुवानी गर्दा ठेकेदारले नुनको मूल्य तिरेर जिम्मा लिनुपर्छ । आफूले खरिद गरी ल्याएको नुन सम्बन्धित स्थानमा पुर्‍याई बिक्रीवितरण भएपछि मात्रै कर्पाेरेसनले ठेकेदारलाई ढुवानी रकम भुक्तानी गर्ने उनले बताए ।

 
आफैंले खरिद गरी ल्याउनुपर्ने र बिक्रीवितरण झन्झटिलो हुने भएकाले सतहमार्गबाट ढुवानी गर्न जिम्मा लिएका ठेकेदार सकेसम्म अनेक बहाना देखाएर काम टारिरहन्छन् । ढुवानी गरे पनि थोरै मात्र पुर्‍याउने गरेको स्थानीयको आरोप छ ।
 
कर्पाेरेसन सिमकोटका प्रमुख राजबहादुर लामाका अनुसार खार्पनाथ, सिमकोट र नाम्खा गाउ‘पालिकाका लागि सरकारको ढुवानी अनुदानमा सहुलियत मूल्यमा नुन उपलब्ध गराइने व्यवस्था मिलाइएको छ । नेपालगन्जबाट हवाई र हिल्साबाट सतहमार्गबाट ठेकेदारमार्फत ढुवानी गर्ने व्यवस्था छ ।
 
हिल्साबाट आउने नुन तिब्बतबाट खरिद गरिएको ढिके नुन हो । तिब्बतबाट खरिद गरिएको नुन हिल्सामा आयोडिन मिसाएर सिमकोट ल्याउने गरिएको छ । कर्पाेरेसनले हिल्सामा आयोडिन प्लान्ट जडान गरेको छ । दक्षिणी भेगका चार गाउ‘पालिकाका लागि ठेकेदारमार्फत सतहमार्गबाटै ढुवानी गराउने व्यवस्था छ ।
 
ठेकेदारले सिमकोटसम्म ढुवानी गरे पनि दुर्गम भेगमा पुर्‍याएका छैनन् । कर्पाेरेसनले दक्षिणी भेगका श्रीनगर र सर्केघाटका लागि नेपालगन्जबाट सतहमार्ग, सिमकोटकालागि हवाई र तिब्बती सीमा हिल्सादेखि सिमकोटसम्मका लागि सतहमार्गबाट ढुवानी गर्न टेन्डर गर्दै आएको छ ।
 
चालू आवका लागि नेपालगन्जदेखि सिमकोटसम्म हवाई ढुवानीका लागि हिमाली कार्गाे ढुवानी सेवाले, सतहमार्गबाट हिल्सादेखि सिमकोटसम्म प्रेमबहादुर लामाले, नेपालगन्जदेखि सर्केघाटसम्म कमल गुरुङ र नेपालगन्जदेखि श्रीनगरसम्म गोकुल खाँडले ढुवानीको ठेक्का लिएका छन् । कर्पाेरेसनको सिमकोट डिपोका अनुसार हवाईमार्गबाट सिमकोटमा हालसम्म दुई हजार क्विन्टल ढुवानी भइसकेको छ ।
 
सहुलियत दरको नुन प्रतिकिलो नौ रुपैयाँमा बिक्री हुने गरेको छ । केही वर्षअघिसम्म यहाँका गाउँहरूमा ढिके नुन मात्र प्रयोग हुन्थ्यो । पछिल्लो समय लिमी भेगबाहेक अधिकांश क्षेत्रका बासिन्दा आयोडिनयुक्त नुनमा निर्भर छन् ।
आयोडिनयुक्त नुन उपभोग गर्न थालेपछि जिल्लामा गलगॉड आउने संख्यामा कमी आएको छ ।
 
‘ढिके नुन प्रयोग गर्दाताका गाउँ–गाउँमा गलगाँड भएका व्यक्ति धेरै हुन्थे,’ स्थानीय रामचन्द्र बुढाले भने, ‘अहिले त्यस्ता व्यक्ति भेटिएका छैनन् ।’ तिब्बतसँग सीमा जोडिएको लिमीका बासिन्दा ढिके नुनकै भरमा छन् । आयोडिनयुक्त नुन’bout उनीहरूलाई चेतना नै छैन । सरकारद्वारा सहुलियतमा उपलब्ध हुने नुनमा स्थानीयको पहुँच पुग्दैन । सदरमुकाम पुग्न झन्डै ५ हजार मिटर उचाइको लेक पार गरेर पाँच दिन हिँड्नुपर्छ ।
 
उनीहरूलाई तिब्बतको ताक्लाकोट बजार पुग्न सहज हुन्छ । लिमीका बासिन्दालाई सहुलियत दरको चामल र नुन’bout जानकारी नै नभएको गाविस पूर्वअध्यक्ष छिरिङपाल्देन लामाले बताए ।
हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

 

 
 

You May Also Like