अपडेट: गमगढीमा अर्कै गाडीका सहचालकले ट्रयाक्टर चलाउदा दुर्घटना

गमगढीः मुगु सदरमुकाम गमगढीमा रहेको न्युरोडमा भएको ट्रयाक्टर दुर्घटना हुदाँ एक जना घाईते भएका छन् । आज अपरान्ह भे १ त ७२४० नम्बरको ट्रयाक्टरका सहचालकले भे १ त ७९६८ नम्बर ट्रयाक्टर चलाउदाँ मुगुको छायाँनाथ रारा नगरपालिका वडा नम्बर १० का डबल बडुवाल घाईते भएको मुगु ट्राफिक प्रहरीका प्रहरी हवल्दार कुसराज शाहीले जानकारी दिए ।

घाईतेको अहिले जिल्ला अस्पताल मुगुमा उपचार भईरहेको र उनको अवस्था गम्भिर रहेको जिल्ला अस्पतालले जनाएको छ ।

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

You May Also Like