सुर्खेतः सडकमा दिनरात काट्ने बालबालिकालाई सामाग्री सहयोग

सुर्खेत ।  वीरेन्द्रनगर नगरपालिका क्षेत्रमा सडकको चिसोमा दिनरात विताउने १७ बालकहरु न्यायो कपडा सहित सुरक्षित स्थानमा पुगेका छन् । नागरिक समुहको पहलमा उनीहरुलाई भैरव युवा शसक्तिकरण केन्द्रले गत २२ पुसबाट खाने, लगाउने व्यवस्थासहित सुरक्षित अवासमा राखेकाे हाे ।

                           गत मंसिरमा वीरेन्द्रनगरकाे नेता चाैक नजिकैकाे सडकमा सुतिरहेका बालबालिकाहरू ।

सुरक्षित अावासमा पुगेका बालबालिकाहरूलार्इ खेल मानोञ्जन तथा मनोसामाजिक सेवासहित नसालु पदार्थको लत कम गराउने सेवाका साथ आवासको व्यवस्था गरिएको संस्थाका अध्यक्ष ललित भट्टराईले बताए ।

हाल केन्द्रमा १७ जना सडक बालक रहेकोमा १५ जना दलित परिवारका छन् अन्य दुइजना अन्य समुदायका छन् । बालकहरु आठ वर्षदेखि १५ वर्ष उमेर समूहका छन् । यीमध्य ३ जनाको कोही पनि अभिभावक छैनन् । बाँकी धेरै जसोको आमा बुबा मध्ये एक भएपनि दोस्रो विवाह गरेका र उनीहरुलाई वेवास्थाले परिवारको साथमा नभइ सडकमा बस्ने गरेको पाइएकाे भट्टराइले जानकारी दिए ।

सुर्खेत क्षेत्र र नगरपालिका आसपासमा मजदुरी गर्ने परिवारका बालबालिका छन् । लामो समयदेखि सडकमा बस्दै आएका बालबालिकाले चुरोट, खैनी, गाँजा, डेनड्राइट, लगायतका नशालु पदार्थ प्रयोग गर्दै आएको पाईएको छ ।

                               भैरव युवा शसक्तिकरणले उद्धार गरेर केन्द्ररमा रमाउँदै बालबालिकाहरू ।

१७ जना बालकहरु मध्येमा एक जना बालकले मात्र कुनै पनि नसालु तथा लागुपदार्थको प्रयोग नगरेको पाइयो यसैलै एकजना बाहेक सबैलाई रिह्याबमा राखी आवश्यक मनोविमर्श दिई लतबाट निकाल्न सेवा सुरु गरिने भट्टराईकाे भनाइ छ ।

एक महिना अगाडिबाट विरेन्द्र नगर नगरपालिकामा रहेका सडक बालबालिकाका ’boutमा उनीहरुसँगै बसेर अध्ययन गरी पहिलो चरणमा केही बालबालिकालाई आवाज संस्थामा राखिएकाे थियो । आवाजबाट बालबालिका भगेपछि उनीहरुको बिषयमा थप छलफल गरी उनीहरुमा भएको बिभिन्न लत नहटाएसम्म उनीहरुलाई पुनर्स्थापना गर्न नसकिने टुङ्गोमा पुगेर पहिलो चरणमा सुधार केन्द्रमा राखिएको हो ।

भैरव युवा सशक्तीकरण केन्द्र विगत लामो समयदेखि नशालु तथा मादक पदार्थको लतमा फसेका युवाहरुको लागि सेवा दिँदै आएता पनि १६ वर्ष मुिनकाहरुको लागि पहिलो पटक थालनी गरेको संस्थाका अध्यक्षले जानकारी गराए ।

पहिलो चरणमा बालबालिकालाई जाडोबाट जोगाउने उद्देश्यले गोरखा घरको सहयोगमा सामुदायिक प्रहरी सेवा केन्द्रको पहल तथा वीरेन्द्र नगर नगरपालिका, जिल्ला प्रहरी कार्यालय, जिल्ला बालकल्याण समिति, महिला बालबालिका कार्यालय र भैरव युवा सशक्तिकरण केन्द्रको संयुक्त सहकार्यमा जाकेट वितरण गरेकाे थियाे ।

तीन महिना पछि बालबालिकाको क्षमता अनुसार विभिन्न सीपमूलक तालिम दिने र परिवारमा पुनर्स्थापना गरी थप आवश्यक सहयोग गर्ने योजना बनाएको अध्यक्ष भट्टराइल बताए । उद्धार गरिउका बालकहरु मध्ये केहीसँग ग्रिल कारखाना सम्बन्धी, मोटरसाईकल मर्मत जस्ता सीप भएका पनि भएकोले उनीहरुलाई सोही तालिममा लगाउन सकिने समेत भट्टराइकाे भनाइ छ ।

साभारः Image result for paschimnepal.com

 

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

You May Also Like