कासिगो रबाडा : डेब्युको २६ महिनामै नम्बर वान बलर !

एजेन्सी: दक्षिण अफ्रिकाका कासिगो रबाडा आइसिसीको टेस्ट बलर बरियताको शीर्ष स्थानमा उक्लिएका छन् । भारतसँगको पहिलो टेस्ट क्रिकेट जित्न महत्वपूर्ण भूमिका निर्वाह गरेका रबाडा विश्वकै उत्कृष्ट टेष्ट बलर बनेका हुन् ।

रबाडा इंग्ल्याण्डका जेम्स एन्डरसनलाई पछि पार्दै ८८८ अंकसहित शिर्ष स्थानमा पुगेका हुन् । अष्ट्रेलियासँगको एसेज श्रृङ्खलामा राम्रो प्रदर्शन गर्न नसकेका एन्डरसन दोश्रो स्थानमा झरेका छन् । उनको ८८७ अंक छ । यस अघि इंग्ल्याण्डका लागि व्यक्तिगत ५ सय विकेट लिदैँ एन्डरसन शीर्ष स्थानमा थिए ।

रबाडाले सन् २०१५ को नोभेम्बरमा भारतको मोहलीमा भएको टेस्टमा डेब्यु गरेका हुन् । डेब्यु गरेको तीन बर्षमै उनी नम्बर एक टेस्ट बलर बनेका हुन् । अहिलेसम्म २४ टेस्ट क्रिकेट खेलेका रबाडाले ४३ इनिङमा १ सय १० विकेट लिइसकेका छन् । २२ बर्षका रबाडाले भारतसँगको पहिलो टेस्टमा पहिलो पालीमा ३ र दोश्रोमा २ विकेट लिएका थिए ।

टेस्ट बलरको नयाँ बरियताको तेश्रो र चौथो स्थानमा भारतका रवीन्द्र जडेजा र रवीचन्द्रन आश्विन पाँचौ स्थानमा अष्ट्रेलियाका जेम्स हेलेल्उड छैटौमा दक्षिण अफ्रिकाकै भेर्नोन फिल्याण्डर छन् ।

श्रीलंकाका रंगना हेराथ सातौ, न्युजिल्याण्डका नेइल वेंगर आठौँ, अष्ट्रेलियाका मिचेल स्टार्क नवौँ र अष्ट्रेलियाका नाथन लायन दशौँ स्थानमा छन् । यद्यपी स्टार्क र लायनको समान ७६९ अंक भएकाले दुबैलाई आइसिसीले नवौँ स्थानमा राखेको छ ।

व्याटिङतर्फ भने अष्ट्रेलियाका कप्तान स्टिभ स्मिथ ९४७ अंकसहित शीर्ष स्थानमा कायमै छन् । टेस्ट टिमको बरियतामा भारत १ सय २४ अंकसहित पहिलो स्थानमा छ भने १ सय ११ अंक रहेको दक्षिण अफ्रिका दोश्रो स्थानमा छ ।

टेस्ट अलराउण्डरतर्फ बंगलादेशका शकिब अल हसन ४३८ अंकसहित पहिलो स्थानमा छन् भने भारतका रवीन्द्र जडेजा दोश्रो र भारतकै रविचन्दन आश्विान तेश्रो स्थानमा छन् । 

 

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

You May Also Like