प्रधानन्यायाधीश माथि नै छानबिन गर्न बाध्य पारेर अदालतबाट फर्किए डाक्टर केसी

काठमाडौं: अदालतको अवहेलना गरेको अभियोगमा पक्राउ परेका डाक्टर गोविन्द केसी साधारण तारिखमा रिहा हुनुभएको छ ।  बुधबार साँझ सर्वोच्चको आदेशलगत्तै उहाँ आफ्ना वकिल र सहयोगीको साथमा हँसिलो अनुहारका साथ अदालतबाट बाहिरिनुभएको हो ।

डाक्टर केसीलाई साधारण तारिखमा रिहा गर्न आदेश दिँदै गर्दा सर्वोच्च प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि पनि छानबिनको आदेश दिन बाध्य भएको छ । सर्वोच्च अदालतले प्रधानन्यायाधीश पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रको प्रतिलिपी झिकाउन आदेश दिएको हो ।

डा. केसीले बयानका क्रममा पराजुलीको दुईवटा नागरिकता रहेको र एसएलसी पास भए नभएको विवाद भएकाले छानबिन गर्न माग गर्नुभएको थियो । उहाँले इजलासमा उपस्थित भएर पनि त्यही अडान राख्नुभएको थियो । बुधबार बहसको अन्त्यमा समय लिंदै डा. केसीले आफूलाई रिहा नगरे पनि हुने, तर प्रधानन्यायाधीशमाथि छानबिन हुनुपर्ने माग गर्नुभएको थियो ।

न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले बुधबार प्रधानन्यायाधीश पराजुलीका नाममा काठमाडौं जिल्ला अदालतबाट लिएको दुबै नागरिकताको प्रतिलिपि, न्याय परिषद्बाट उमेर’bout भएको निर्णय र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपिहरु झिकाउन आदेश दिएको हो ।

साथै पराजुलीसहितको इजलासले आईओएमको डीनमा डा. शशी शर्मालाई पुनर्वहाली गर्न दिएको आदेशको मिासिल पनि झिकाउन पनि इजलासले आदेश दिएको छ ।

नागरिकता र एसएलसीको प्रमाणपत्र झिकाउने आदेशसँगै प्रधानन्यायाधीश पराजुली स्वतः अनुसन्धानको दायरामा तानिनुभएको छ । डा. केसीको मानहानी मुद्दाले उल्टै प्रधानन्यायाधीशका फाइल खुल्ने भएका छन् ।

तस्बिरहरु -रासस

यो पनि पढ्नुहोस्

केसी साधारण तारेखमा रिहा,प्रधानन्यायाधीश पराजुलीमाथि लागेका आरोप छानविन गर्न आदेश

प्रधान्यायाधीश अब केसीका प्रतिवादी ! केसीसँगै पराजुली पनि कठघरामा !

डा. केसीको गिरफ्तारीपछि लहरो तान्दा पहरो थर्केजस्तो !

You May Also Like