बाँके सीमाबाट ६ महिलाको उद्धार

बाँके: नेपालगञ्ज नाका भएर भारतको दिल्ली हुँदै खाडी मुलुक लागिएका  ६ जना महिलाको मंगलबार उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँके, इलाका प्रहरी कार्यालय जमूनाह र माइती नेपाल नेपालगञ्जको टोलीले नेपालगञ्जको जमूनाह नाकाबाट उनीहरुलाई उद्धार गरेको हो  । 

बारा, सिन्धुपाल्चोक, सर्लाही, धादिङलगायतका जिल्लाका  ग्रामिण भेगबाट महिलालाई वैदेशिक रोजगारको लागि कुवेत, दुबैमा पठाइदिने भन्दै काठमाडौंबाट नेपालगञ्ज हुँदै भारततर्फ लैजादै गरेको अवस्थामा महिलाको प्रहरी र माइती नेपालको टोलीले उद्धार गरेको हो  ।

महिलालाई भारततर्फ लैजाने कार्यमा संलग्न सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–१, का सुर्जे तामाङलाई पक्राउ गरी  मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी राजेन्द्र अर्यालले जानकारी दिनुभयो । 

 

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

 

You May Also Like