मुगुका बालबालिका लिएर बन्धक बनाउने रुपेन्देही २ सहित ३ जना पक्राउ

गमगढीः रुपन्देहीको बुटवल–१३, बेलबासमा रहेको साहारा घर सञ्चालन गरेर बालबालिकाहरु राखेर शोषण गरि राख्ने मुगुका १ जना सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार मुगको खत्याड गाउँपालिका–१, बस्ने २४ वर्षीया गीता बुढा सहित रुपन्देहीको देबदह–६ का ३५ वर्षीय शंकर प्यासी, भारतको मुम्वइ घर भएकी ३६ वर्षीय बन्दना प्यासीलाई पक्राउ गरिएको हो ।

उनीहरुले विभिन्न प्रलोभन देखाएर मुगुबाट बालबालिका ल्याएर साहारा घरमा राखेर शोषण गरेको खुलेको प्रहरीले जनाएको छ । गतबर्ष मुगुबाट बाहिरी जिल्लाहरुमा बालबालिकाहरु धेरै लिईएको पाईएको थियो भने बिभिन्न क्षेत्रमा प्रहरीले बालबालिकाहरुको उद्धार समेत गरेको थियो । साहाराको घरमा मुगुका पाँचजना बालक बस्दै आएका थिए ।

उनीहरुलाई सञ्चालकहरुले कुटपिट गरी शोषण गर्ने गरेको भन्दै आश्रयमा बस्दै आएका बालकहरु रातीको समयमा भागेर बाहिर आएपछि घटना सार्बजनिक भएको बताइएको छ । पक्राउ परेका तीनजनालाई मानव बेचबिखन तथा ओसारपसार कसुरमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

 

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

You May Also Like