पार्टी एकताको कुरामा प्रचण्डले दिए सनसनीपूर्ण अभिव्यक्ति, एमाले नेता कार्यकर्ता चकित

काठमाडौं –माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँगको पार्टी एकताको प्रक्रिया छिट्टै सुरु हुने बताउनुभएको छ । एमालेको भातृ संगठन युवा संघ नेपालका पदाधिकारीसँगको भेटमा उहाँले पार्टी एकताको सैद्धान्तिक सहमति भइसकेकाले अब छिट्टै एकताको बाँकी काम अघि बढ्ने बताउनुभएको हो ।

वाम तालमेलबाट चुनावमा सोचेजस्तै परिणाम आएको उल्लेख गर्दे उहाँले एमाले र माओवादी मिलेर नयाँ पुस्तालाई राजनीतिक स्थिरता, विकास र नयाँ नेपाल दिने उहाँले दावी गर्नुभयो । युवालाई नयाँ खाकासहितको नेपाल सुम्पन आफूहरु आतुर रहेको प्रचण्डको भनाई थियो ।

साभारः City Dainik

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

You May Also Like