रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका –९ हाँसिबाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । बिहीबार बेलुका हासिबाङको खारखोलामा रा १ त ३७९० नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार दुर्घटनामा परी मुसिकोट नगरपालिका वडा नम्बर १४ का १८ वर्षका हेमराज ओलीको मृत्यु भएको छ । उहाँको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा राखिएको छ ।

दुर्घटनामा परेर मुसिकोट नगरपालिका वडा नम्बर १४ कै चन्द्र बहादुर खड्का र सानीभेरी गाउँपालिका वडा नम्बर ११ का शेरबहादुर परियार घाइते भएको छन् ।

You May Also Like