नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो खसेपछि फेरी अबरुद्ध

काठमाडौँ । नारायणगढ–मुग्लिन सडक खण्डको इच्छाकामना गाउँपालिका –६ कालिखोला नजिकै मंगलबार दिउँसो पहिरो जादा सडक अबरुद्ध भएको छ । दिउँसो साढे तीन बजे कालिखोला नजिक दुई स्थानमा पहिरो गई सडक अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ । अहिले पानि पर्न रोकिएको र माथिबाट पहिरो खसीरहेकोले पहिरो हटाउन नसकिएकोे हो । पहिरो खस्न रोकिदासाथ पहिरो हटाएर सडक सूचारु गरिने  प्रहरीले जनाएको छ ।

You May Also Like