फिल्म ‘लाल सलाम’ बाट रजनीकान्तको फस्ट लुक सार्वजनिक

एजेन्सी । दक्षिण भारतीय अभिनेता रजनीकान्तको फिल्म ‘लाल सलाम’ बाट फस्ट लुक सार्वजनिक भएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसनार फिलमको फस्ट लुक सार्वजनिक भएपछि रजनीकान्त फेरि एकपटक चर्चामा आएका छन् । यो फिल्मको फस्ट लुकमा पोस्टरमा रजनीकान्त देखिएका छन् ।

निर्माण पक्षले सार्वजनिक गरेको फस्ट लुक पोस्टरमा रजनीकान्तले शेरवानी र पाइजामा तथा टाउकोमा रातो टोपी लगाएको देखिएका छन् । रजनीकान्तको यो उत्कृष्ट लुकलाई उनका प्रशंसकहरुले रुचाइरहेका छन् ।

रजनीकान्तकी छोरी ऐश्वर्या रजनीकान्तले यस फिल्म निर्देशन गर्ने भएकी छन् । ऐश्वर्या लामो समयपछि यो फिल्मबाट निर्देशनमा कमब्याक गर्दैछिन् ।

यो फिल्ममा रजनीकान्तसँगै विष्णु विशाल र टाइगर थांगादुराई महत्वपूर्ण भूमिकामा देखिनेछन् ।

You May Also Like