कालिकोटमा एक महिला मृत अवस्थामा फेला

कालिकोट । कालिकोटमा एक जना महिला मृत अवस्थामा फेला परेकी छन् । आज दिउँसो खाडाचक्र नगरपालिका २ सुनार खोला बस्ने ८१ वर्षकी लाईशोभा जैसी नैनामाण्डु कालमोड भन्ने ठाउँमा मृत अवस्थामा फेला परेकी हुन् ।

सोही ठाउँ बस्ने बसन्त शाहीले जैसी २०० मिटर तल भिरमा अड्किएको अबस्थामा देखेपछी जिल्ला प्रहरी कार्यालय कालिकोटमा खबर गरेका थिए । तत्कालै कालिकोटबाट प्रहरी निरीक्षकको कमाण्ड सहितको ५ जनाको टोली घटना स्थल पुगेको थियो ।

मृतक महिला छोरी ज्वाई संग बस्दै आएकी थिईन् । उनका छोरा भने छैनन् ।घटनाको विषयमा थप अनुसन्धान भईरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

You May Also Like