चीन उड्न लागेका शंकास्पद चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुन ओसार–पसारमा संलग्न आशंकामा एक जनालाई पक्राउ गरिएको छ । चीन जान लागेका लिङ चुवानलाई पक्राउ गरिएको अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले रातोपाटीलाई बताए ।

‘चिनियाँ नागरिक’bout शंका लागेको हुनाले नियन्त्रण गरिदिन आग्रह भएको थियो’ महानिर्देशक अधिकारीले भने– ‘ती चिनियाँलाई राजस्व अनुसन्धान विभागको जिम्मा लगाएका छौँ ।’

बुधवार साँझ विमानस्थल भन्सार कार्यालय बाहिरबाट बरामद गरिएको करिब १ सय किलो सुन कारोबारमा उनी संलग्न रहेको विभागको आशंका छ ।

You May Also Like