मुगुको सोरु भेगमा अज्ञात रोगका कारण ३० भेडाबाख्रा मरे, किसान चिन्तित


                                                                                          फाइल फोटो
गमगढीः
मुगुको सोरु गाउँपालकाको वडा नम्बर ७ मा पर्ने बिभिन्न बस्तिहरुमा अज्ञात रोगका कारण भेडा बाख्रा मर्न थालेपछि त्यहाँका किसान चिन्तित भएका छन् । वडा नम्बर ७ अन्र्तगतका सिरुपाटा, बुआलपानी, बायाढुङ्ग्र्रा, बइन्यारा, चिपचिप्या लगायतका गाउँहरुमा पालिएका भेडाबाख्राहरु अज्ञाथ रोगका कारण मर्न थालेको रेडियो मुगु एफ एमका सोरु सहकर्मी पदम बहादुर शाहीले जानकारी गराएका छन् ।

अज्ञात रोगका कारण यि सबै गाउँहरुमा ३० भन्दा बढि भेडा बाख्राको मरिसकेको त्यहाँका सिरुपाटाका स्थानिय बासिन्दा बम बहादुर बिष्टलाई उद्धृत गर्दै शाहीले हामीलाई खबर पठाएका छन् । केही बेर अघि रारा सञ्चार सगँ भएको फोन कुराकानीमा त्यहाँका स्थानिय बासिन्दा भक्त बहादुर बिष्टले बिरामी परेका भेडा बाख्राहरुमा नाकबाट सिगान आउने, टाउको सुनिने, शरिरका रौँ खस्दै जाने, दुब्लाउदै जाने र मर्नुभन्दा अघि अत्याधिक मात्रामा कराउने लक्षण रहेको बताए ।

यता, जिल्ला पशु सेवा कार्यालय मुगुले भने आफुलाई जानकारी नभएको र जानकारी लागी प्रयास भईरहेको बताएको छ । लक्षणहरु अनुसार त्यहाँका भेडाबाख्राहरुमा निमोनियाको समस्या हुन सक्ने जिल्ला पशुसेवा कार्यालय मुगुका निमित्त प्रमुख भिमचन्द्र बुढाको अनुमान रहेको छ ।

                                                Ujyaalo

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

You May Also Like