छोरी बलात्कारको कसुरमा बाबुलाई ३३ वर्ष कैद

दैलेख । दैलेख जिल्ला अदालतले १७ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा ५० वर्षीय बाबुलाई ३३ वर्ष कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट सोमबार फैसला गरिएको हो ।

बलात्कार गरेको पुष्टि भएपछि हाडनातामा २५ वर्ष र पीडितको उमेर अनुसार हुने बलात्कार सजाय ८ वर्षसमेत थपेर कसुरदारलाई ३३ वर्ष कैद गरिएको सूचना अधिकारी टीकाराम न्यौपानेले जानकारी दिए ।

फैसलमा ३ लाख रुपैयाँ जरिवाना र ५० हजार रुपैयाँ पीडित बालिकालाई क्षतिपूर्ति र रु २ हजार ८ सय पीडित राहत कोषमा पीडकबाट भराउने फैसला गरिएको सूचना अधिकारी न्यौपानेको भनाइ छ ।

You May Also Like