वीरेन्द्रनगरबाट एकैदिन ४ जना लागुऔषध कारोबारी पक्राउ

सुर्खेत । सोमबार वीरेन्द्रनगरबाट चार जना लागुऔषध कारोबारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । वीरेन्द्रनगर नगरपालिका–५ राधाकृष्ण मन्दिरस्थित लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा हानेको थियो । त्यसक्रममा वीरेन्द्रनगर नगरपालिका– ५ बस्ने २६ वर्षीय अमर विक, २२ वर्षीय राजन केसी र सोही ठाउँमा ३२ वर्षीय ढकेन्द्र विकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । उनीहरुको साथबाट २८० मिलिग्राम लागुऔषध ब्राउन रहेको थियो ।

यस्तै वीरेन्द्रनगर नगरपालिका–३ मुलपानी चोकको एक होटलबाट पनि एक जना लागुऔषध कारोबारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा २६ वर्षीय बलबहादुर भारती रहेका छन् । उनको साथबाट ४ पुडिया लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका चारैजनामाथि आवाश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

You May Also Like