मुगुमा लम्पी स्किन रोगले १२१ चौपाय मरे

मुगु । जिल्लामा लम्पी स्किन रोगले अहिलेसम्म १ सय २१ चौपाय मरेका छन् भने ४ सय ३१ प्रभावित भएको पशु अस्पताल तथा पशु सेवा कार्यालयले जनाएको छ । पशु अस्पताल तथा पशुसेवा कार्यालय प्रमुख भीमचन्द बुढाले गाईगोरु र बाछाबच्छीमा बढी संक्रमण देखिएको बताए ।

जिल्लाका चार वटा स्थानीय तहमध्ये सोरु गाउापालिका बढी प्रभावित भएको पशु अस्पताल तथा पशु सेवा कार्यालयले जानकारी दिएको छ । छायाानाथ रारा नगरपालिका र खत्याड गाउापालिकामा पनि लम्पी स्किन रोगबाट गाईगोरु मरेका छन् ।

स्थानीय किसानले भ्याक्सिनको माग गरिरहेका छ् । सोरु गाउापालिका–४ का अर्जुन बुढाले भ्याक्सिन अभावले गोठ रित्तिन थालेको बताए । गाई गोरुको शरीरमा खटिरा आएर पाक्ने, रगत चुहिने, श्वासप्रश्वासमा समस्या देखिएर मर्ने गरेका छन् । अहिलेसम्म भैसी र भेडाबाख्रामा उक्त रोग देखा नपरेको स्थानीयको भनाइ छ ।

You May Also Like