राष्ट्रिय सभाको बैठक आजपनि बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दैछ ।

संघीय संसद् भवन, नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बस्नेछ । राट्रिय सभा बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र खानेपानी मन्त्रालय सम्बन्धी विनियोजन शीर्षकहरुमाथि छलफल हुने कार्यसूचि रहेको छ ।

तर, प्रमुख प्रतिपक्षी दलले प्रधानमन्त्री पुष्पकमल दाहालको विवादित अभिव्यक्तिलाई लिएर बुधबा र बिरोध जनाउँदा संसद अवरुद्ध भएको थियो । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा माग गरेको छ ।

बुधबार बैठक सञ्चालन हुन नसके पछि बिहीबारका लागि बैठक बोलाइएको हो । प्रमुख प्रतिपक्षी दलले प्रधानमन्त्रीले राजीनामा दिनु पर्ने अडान कायमै राखेका छन् ।

You May Also Like