रूकुम पश्चिममा तालमा डुबेर छात्रा बेपत्ता

रुकुम पश्चिम । रुकुम पश्चिमको स्यार्पु तालमा डुबेर एक छात्रा बेपत्ता भएकी छन्। बाफिकोट गाउँपालिका वडा नम्बर ३ अनिगाउँकी ११ वर्षीया टीका विक मंगलबार दिउँसो साढे १ बजेतिर तालमा डुबेर बेपत्ता भएकी हुन्।

जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईका अनुसार ताल क्षेत्रमा गएकी उनी चिप्लिएर तालमा खसेकी थिइन्।

उनी स्यार्पु माविमा कक्षा ४ मा पढ्ने छात्रा हुन्। उनी तालमा खसेपछि साथीहरूले विद्यालयमा गएर खबर गरेका थिए। प्रहरीले बेपत्ता बालिकाको खोजी कार्य जारी राखेको छ।

You May Also Like