प्रचण्डकै नेतृत्वमा देशमा शान्ति स्थापना भयोः पर्यटनमन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै नेतृत्वमा देशमा शान्ति स्थापना भएको बताएका छन्।

शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औं वार्षिकोत्सव समारोहको पूर्वसन्ध्यामा आयोजित कविता महोत्सवमा बोल्दै मन्त्री किरातीले अब मुलुकमा प्रचण्डकै नेतृत्वमा समृद्धिको जग बस्ने सम्भावना रहेको बताए।

‘प्रधानमन्त्री प्रचण्डकै नेतृत्वमा संघर्ष पनि भयो, शान्ति पनि उहाँकै नेतृत्वमा यो देशले प्राप्त गरेको छ। उहाँकै नेतृत्वमा समृद्धिको जग हाल्नसक्ने ठूलो सम्भावना छ,’ उनले भने।

मन्त्री किरातीले मुलुकमा सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए।

‘सुशासनको पक्षमा, भ्रष्टाचारको बिरुद्धमा र समृद्धिको पक्षमा जस्तोसुकै कठिन परिस्थितिको सामना गर्न तयार छौँ,’ उनले भने।

You May Also Like