इन्दौरबाट उज्जैनका लागि सडकमार्ग हुँदै हिँडे प्रचण्ड

नयाँ दिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड इन्दौरबाट सडक मार्ग हुँदै उज्जैनका लागि प्रस्थान गरेका छन् । इन्दौरको देवी अहिल्याबाई होल्कर विमानस्थलमा अवतरण गरी उनी उज्जैनका लागि हिँडेका हुन् । उज्जैनको महाकालेश्वर मन्दिरमा बिहान ११ बजेदेखि उज्जैनको महाकालेश्वर मन्दिरमा विशेष पूजाका लागि उनी त्यता जान लागेका हुन् । पूजापछि उनले महाकाल कोरिडोरको अवलोकन गर्नेछन् ।

प्रधानमन्त्री प्रचण्ड १ बजे पुनः सडक मार्गबाट इन्दौर फर्किने र मध्य प्रदेशका राज्यपाल मंगूभाई पटेलसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उनले इन्दौरको सॉलिड वेस्ट मैनेजमेंट सिस्टमको अवलोकन गर्नेछन् भने साँझ ७ बजे मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले उनको सम्मानमा दिने रात्रिभोजमा सहभागी हुनेछन् ।

शनिवार बिहान टाटा कन्सल्टेन्सी सर्भिस र इन्फोसिस स्पेसल इकोनोमी जोनको अवलोकन भ्रमण गरी प्रधानमन्त्री प्रचण्ड दिउँसो २ बजे दिल्ली फिर्ता हुनेछन् र अपराह्न ३ बजे दिल्ली एयरपोर्ट पुगेर ४ः२० बजे काठमाडौँका लागि प्रस्थान गर्नेछन् ।

You May Also Like