दोस्रो टी-२० मा मलेसियामाथि नेपालको सहज जित

काठमाडौं । मलेसियाविरुद्धको पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेलमा नेपाली महिला क्रिकेट टिम विजयी भएको छ।

मंगलबार भएको खेलमा नेपालले घरेलु टिमलाई ७ विकेटले हरायो। मलेसियाले दिएको ९८ रनको लक्ष्य नेपालले ३ विकेटको क्षतिमा १७.३ ओभरमा पार गर्‍यो।

नेपालका लागि ओपनरद्वय कविता कुँवरले २६ रन र सीता राना मगरले २३ रन जोडे। विन्दू रावल १७ रनमा आउट हुँदा कप्तान रुबिना क्षेत्रीले नटआउट २९ रन जोडिन्। रुबिनाले २१ बलमा ३ चौका र १ छक्का प्रहार गरिन्।

त्यसअघि मलेसियाले टस जितेर ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा ९७ रन जोड्यो। उसका लागि एनि दुराइसिंघम र वान जुलियाले २०-२० रन जोडे। मास एलियाले २८ रन जोडिन्।

बलिङमा नेपालकी रुबिनाले २ विकेट लिँदा कविता कुँवर र इन्दू बर्माले १-१ विकेट लिए।

नेपालको जितसँगै पाँच खेलको सिरिजमा १-१ को बराबरी भएको छ। यसअघि सोमबार भएको पहिलो खेलमा घरेलु टिमले नेपाललाई ५ विकेटले हराएको थियो।

सिरिजको तेस्रो खेल बिहीबार हुनेछ।

You May Also Like