साउदीसँग अंक बाँडे पनि नेपाल सेमिफाइनलमा पुग्ने

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको तेस्रो खेलमा साउदी अरवविरुद्धको खेल खराव मौसमले प्रभावित बनेको छ ।

मूलपानी (माथिल्लो) मैदानमा बिहान ९ बजे सुरु हुनुपर्ने खेल अहिलेसम्म टस हुन सकेको छैन । साढे ९ बजे पानी रोकिन लागेपछि पीच कभर हटाएर टसको तयारी गरिएको थियो । तर, पुनः पानी पर्न थालेपछि प्रक्रिया रद्ध भएको छ ।

Logo

दिउँसो सवा २ दुई बजेको कट अफ टाइम तोकिएको छ । २ बजेसम्म टस हुन नसकेमा खेल रद्ध हुनेछ भने दुवै टिमले १–१ अंक पाउनेछन् । यसो भएको खण्डमा पनि नेपाल सेमिफाइनलमा पुग्नेछ ।

अघिल्ला दुई खेल जितेको नेपालको अहिले ४ अंक छ । साउदीसँग अंक बाँड्दा ५ अंक हुनेछ । तीन खेलबाट ४ अंकसहित ओमान दोस्रो स्थानमा छ भने समान खेलबाट २ अंक जोडेको मलेसिया तेस्रो स्थानमा छ । चौथो स्थानको साउदीको पनि २ अंक छ ।

यो समूहमा कतारले अंक जोड्न सकेको छैन । नेपालले अन्तिम खेल १४ बैशाखमा कतारसँग खेल्नेछ । यो खेल जितेको अवस्थामा नेपाल समूह विजेता बन्नेछ । समूहको अन्तिम खेलमा ओमान र साउदी अरवबीच प्रतिस्पर्धा हुनेछ । सो खेलको विजेता यो समूहबाट सेमिफाइनलमा पुग्ने अर्को टिम बन्नेछ ।

You May Also Like