चट्याङ पर्दा दैलेखमा चार जना घाइते

काठमाडौं । दैलेखमा चट्याङ लागेर चार जना घाइते भएका छन् । डुङगेश्वर गाउँपालिका– २ लाकुरी खाम्ने स्थित प्रवीण विकको घरमा चट्याङ परेको थियो । चट्याङमा परी सोही घरका चार जना घाइते भएको दैलेख प्रहरीले जनाएको छ ।

घाइते हुनेमा २१ वर्षीय पारस विक, १६ वर्षीय हेमा विक, १७ वर्षीय पूर्णा विक र २० वर्षीय पुष्पा विक रहेको छन् । उनीहरू सबै एउटै परिवारका हुन् । घाइतेहरूको उपचारका लागि जिल्ला अस्पताल दैलेख पठाइएको छ । सोमबार राति कर्णालीमा हावाहुरी र वर्षासमेत भएको थियो ।

You May Also Like