सुत्केरीको मृत्युपछि आफन्तले घेरे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान

काठमाडौं । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएपछि आफन्तले अस्पताल घेराउ गरेका छन् । घोराही उपमहानगरपालिका–८ सौरीकी २८ वर्षिया मधु बुढाथोकी केसीको बिहीवार राति प्रतिष्ठानमा मृत्यु भएको थियो ।

मृतकका श्रीमान शेरबहादुर केसीले बच्चा जन्मेपछि सालनाल निकाल्ने क्रममा सुत्केरीमा मृत्यु भएको बताएका छन् । मृतकका परिवारले घटनाको अनुसन्धान हुनुपर्ने, क्षतिपूर्ति वापत ५० लाख रुपैयाँ, शिशुको उपचार र पठनपाठनको सबै खर्च प्रतिष्ठानले व्यहोर्नु पर्ने माग राख्दै आन्दोलन उत्रिएका छन् ।

You May Also Like