पाकिस्तानका पूर्वप्रधानमन्त्री खान रिहा

FILE – Former Pakistan Prime Minister Imran Khan speaks during a news conference in Islamabad, April 23, 2022. Pakistan’s elections oversight body ruled Tuesday, Aug. 2, 2022 that Khan accepted illegal donations for his political party from abroad. It’s a key first step that could lead to a ban on Khan and his party from politics. (AP Photo/Rahmat Gul, File)

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान बिहीबार रिहा हुनुभएको छ ।

उहाँलाई गत मंगलबार इस्लामावाद उच्च अदालत अगाडि गिफ्तार गरिएको थियो । रिहा भएपछि उहाँ शुक्रबार अल कादिर ट्रस्ट प्रकरणका लागि इस्लामावाद उच्च अदालत उपस्थित हुने पाकिस्तानी सञ्चार माध्यम डनले जनाएको छ ।

बिहीबार पाकिस्तानको सर्वोच्च अदालतमा ३ जना न्यायाधीशको संयुक्त इजलासले पूर्वप्रधानमन्त्री खानलाई रिहा गर्न आदेश जारी गरेको थियो । प्रधानन्यायाधीश उमर अता बन्दियालको नेतृत्वमा रहेको उक्त इजलासले उहाँको गिरफ्तारीलाई अमान्य र कानूनसम्मत नभएको बताएको छ ।

आदेशमा शुक्रबार खान उच्च अदालतमा उपस्थित नहुन्जेल कडा सुरक्षा प्रदान गर्न समेत आदेश दिएको छ । बिहीबार अल कादिर ट्रस्ट प्रकरणमा नेसनल अकाउन्टिबिलिटी ब्युरोले गरेको गिरफ्तारीलाई अदालतले अमान्य भएको बताएको हो । उहाँलाई रिहा गरे पनि अहिले घर जान भने नपाउने अदालतको आदेशमा उल्लेख गरिएको छ ।

पूर्वप्रधानमन्त्री खानले भने अदालतमा आफूलाई इस्लामावाद भन्दा बाहिर रहेको आफ्नो फार्म हाउसमा फर्किनका लागि स्वीकृति दिन आग्रह गर्नुभएको थियो । आदेशपछि खान सर्वोच्च अदालतको हिरासतमा रहने र आफ्ना नजिकका आफन्तहरूसँग मात्र भेट्न सक्ने खानका वकिल बाबर अवानले बताउनुभयो ।

पूर्वप्रधानमन्त्री खान पक्राउ परेपछि पाकिस्तानका विभिन्न शहरहरूमा प्रदर्शन चर्किएको थियो ।

You May Also Like