रारा भन्छिन- ‘मै संग बसे हुन्न र?’ (तस्विर कथा)

शब्द/तस्विरः भक्त बहादुर शाही
काठमाडौं । कर्णाली भन्ने वित्तिकै रोग, भोक, अशिक्षा, अन्धविश्वासले चिनिन्छ । तर प्राकृतिक सौन्दर्यको वर्णन ’bout त्यति चर्चा परिचर्चा गरिदैनन् । स्वर्गकी अप्सराको उपमा मुगुको रारा ताल । प्राकृतिकले उपहार दिएको रारा तालले साच्चै नै पिडा भुलाई दिन्छ । राराले सारा राजमार्गका पिडालाई कत्ति पनि सम्झिन दिदैन ।

आँखाका नानी तालसँगै लुटीपुटी हुन्छन् । केही दिन अगाडी रारा पुगेकी भरतपुर चितवनको हिमा बास्तोलाले रारा सोचे भन्दा फरक रहेको बताईन । ‘रारा त साच्चिकैको रारा रहेछ, यात्राका सारा दुःख भुलाउने’ उनि भन्छिन ।

रारा घुम्नकै लागी यस आर्थिक बर्षको अहिले सम्म ५ हजार भन्दा बढी आन्तरिक र बाह्य पर्यटक पुगेको स्थानिय बताउँछन् ।

यो पनीः मुगु हिमपहिरो अपडेट: १० फिट हिउँ जमेकाले बेपत्ता खोज्न समस्या

‘राराताल शान्त रंगिन पनि रहेछ । आकाश पहाड,हिमाल र त्यहाँको बनजंगलका लागि रारा ऐना पनि रहेछ । त्यसैले रारालाई प्राकृतिको ऐना भन्दा फरक पर्दैन । छिन छिनमा रंग बदल्ने राराले पर्यटकको मनलाई मोहनी नै लगाईदिन्छ । बेला बेला रंगिन हुने राराको दैनिक नित्यकर्म रहेछ ।’ चितवनका रामहरि श्रेष्ठ भन्छन ।

आन्तरिक पर्यटकको प्रमुख रोजाइमा रहेको मुगु जिल्लामा अवस्थित रारा ताल देशकै गहना हो । समुन्द्री सतहबाट २ हजार ९ सय ९० मिटर उचाइमा रहेको यो ताल सन् २००८ मा रामसार क्षेत्र घोषणा गरिएको थियो भने ताल १०।८ किलोमिटर क्षेत्रफलमा फैलिएको छ । तालको औसत लम्बाइ ५ किलोमिटर , चौडा ३ किलोमिटर र गहिराइ १६७ मिटर छ ।

रारा राष्ट्रिय निकुञ्जमा ५१ प्रजातिका स्तनधारी जनावर र २७२ प्रजातिका चराचुरुंगी पाइन्छन् । यो तालमा विश्वमै कहीँ पनि नभेटिने ‘स्नो टाउट’ प्रजातिको माछा पाइन्छ ।

रारा ताल जानका लागि बर्षभरि नै उपयुक्त भए पनि हिउँले ढाकेको रारा र फूलैफूलले ढाकेको रारा हेर्नका लागि मानिसहरु जाने गर्छन् । रारा तालको पूरा आकृति नियाल्न ४ हजार मिटर उचाइमा अवस्थित मुर्मा टपबाट हेर्न सकिन्छ । यो स्थानबाट मौसम सफा भएको समयमा मध्य र सुदुरपश्चिमका अनेक जिल्लाहरुको दृश्यावलोकन गर्न सकिन्छ ।

राराबाट चंखेली हिमाल,ऋण मोक्ष हिमाल,छायानाथ हिमाल,सजिलै नियाल्न सकिन्छ । त्यसैले रारा पुग्ने हरकोहीलाई राराले अनुरोध गरिरहन्छ । रारा भन्छिन- ‘मै संग बसे हुन्न र?’

हेरौ आफ्नो यात्राका क्रममा भक्त बहादुर शाहीले कैद गरेका केही तस्विरहरुः

You May Also Like