जनआन्दोलन ०६२/०६३ का ‘जिउँदा शहीद’ मुकेश कायस्थको निधन

काठमाडौं । २०६२/०६३ को जनआन्दोलनका ‘जिउँदा शहीद’ मुकेश कायस्थको निधन भएको छ। कायस्थको उपचारका क्रममा बुधबार साँझ निधन भएको हो। कायस्थलाई उपचारका लागि बनेपाको शीर मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो।

उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

जनआन्दोनल २०६२र०६३ का क्रममा २०६२ चैत २७ गते कायस्थलाई काभ्रेको बनेपामा गोली लागेको थियो। त्यतिबेला उनी १५ वर्षका थिए।आन्दोलन दबाउनका लागि प्रहरीले चलाएको गोली लागेर अचेत भएका कायस्थलाई ११ महिनासम्म अस्पतालमा राखिएको थियो। कञ्चटमा गोली लागेपछि उनलाई पक्षघात भएको थियो। जसका कारण उनी हिँडडुल समेत गर्न सक्दैनथिए।

काभ्रेको बनेपा नगरपालिका–८ स्थायी घर भएका मुकेश २०४८ साल भदौ ९ गते थिए। १७ वर्षससम्म अर्धचेत अवस्थामा बाँचेका मुकेशको उपचारका लागि सरकारले मासिक रुपमा खर्च दिँदै आएको थियो।

सरकारले मुकेशको उपचार खर्च बापत मासिक १५ हजार रुपैयाँ, एक सुसारेको लागि ६ हजार २०० रुपैयाँ भत्ता र एक नर्स नियमित उपलब्ध गराउँदै आएको थियो। कायस्थको आज ९बिहीबार० अन्तिम संस्कार गरिने मुकेश कास्यथ प्रतिष्ठान अध्यक्ष हिरा शर्मा नेपालले जानकारी दिइन्।

You May Also Like