भारतको कर्नाटकमा आईफोन उत्पादन गरिने

एजेन्सी । भारतको कर्नाटकमा सन् २०२४ देखि विश्व चर्चित स्मार्टफोन आईफोन उत्पादन सुरु हुने भएको छ ।

सो राज्यमा वर्षको दुई करोड आइफोन उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

कर्नाटक सरकारका अनुसार अमेरिकी प्रविधि कम्पनी एप्पलका लागि सबैभन्दा बढी आइफोन उत्पादन गर्ने कम्पनी फक्सकनले आगामी वर्षको अप्रिल महिनादेखि सो राज्यमा आइफोन उत्पादनको काम थाल्नेछ ।

सरकारका अनुसार यस परियोजनाले भारतका पचार हजारलाई रोजगारी प्राप्त हुनेछ । फक्सकनले सन् २०१७ देखि तामिलनाडुमा पनि आइफोन उत्पादन सुरुवात गरेको थियो ।

ब्लुमबर्गका अनुसार फक्सकनले कर्नाटकमा नयाँ प्लान्ट खोल्न ७० लाख अमेरिकी डलर खर्च गरेको छ । राज्य सरकारले भने त्यहाँ एक अर्ब ६० करोड डलर खर्च गरेको छ ।

ग्लष्नदिभ द्यद्यब्म्ब्ख्
१२ लाख बर्ग मिटरको जमिन खरिद गरेर प्लान्ट बनाउन थालिएको हो, जहाँ आइफोन उत्पादन धमाधम गरिनेछ । बीबीसी हिन्दी

You May Also Like