बाजुरा र मुगु जोड्ने झुगाला बेलिब्रिज सञ्चालनमा

बाजुरा । सुदुर पश्चिम प्रदेशको बाजुरा र कर्णालीको मुगु जिल्ला मुगु सडक सञ्जालसंग जोडिएका छन् । कर्णाली नदिमा बेलीबृज निर्माण कार्य सम्पन भए स‌गै यि दुइ जिल्ला जोडिएका छन् । यस सडकले मुख्य गरि दुइ जिल्ला मात्र नभएर प्रसिद्ध पर्यटकिय गन्तव्यहरु रारा र खप्तडलाई समेत सकड सञ्जालमा जोडेको छ । झुगलाको वेलिब्रिव निर्माण कार्य सम्पन्न भएलगतै एक कार्यक्रमको आयोजना गरी कर्णाली प्रदेश सरकारका प्रथम मुख्य मन्त्री तथा प्रतिनिधि सभा सदस्य महेन्द्र बहादुर शाहीले ब्यानर वाचन गरेर बेलिबृजको उद्धघाटन गरेका छन ।

कार्यक्रममा कर्णाली प्रदेश सरकारका भौतिक तथा पुर्वाधार मन्त्रि मंगल बहादुर शाही, मुगुका प्रतिनिधी सभाका माननिय ऐनबहादुर शाही लगायत उपस्थित थिए ।

बेलीबृज संचालनमा आएसंगै रारा र खप्तडको सम्बन्ध नजिक हुने भएको हिमाली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राज बहादुर भण्डारीले बताए । कर्णाली प्रदेश सरकार र खत्याड गाउँपालिका मुगुको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको खत्याड गाउँपालिका अध्यक्ष अज बहादुर शाहीको भनाइ छ ।

बाजुरा, हुम्ला र मुगुलाई जोड्ने गरी निर्माण भएको बेलिब्रिज २४ टन भार क्षमताको छ । कर्णाली प्रदेश सरकार र खत्याड गाउँपालिका मुगुको ३ करोड ५९ लाख ५८ हजार २३ रुपैया ६ पैसा संयुक्त लागतमा बेलिब्रिजको निर्माण गरिएको हो ।

सुदूरपश्चिम प्रदेशको पर्यटकीय क्षेत्र खप्तडदेखि कर्णाली प्रदेशकै मुख्य पर्यटकीय स्थल रारा जोड्ने गरी पर्यटन मार्गको रूपमा रहेको बाजुराको हिमाली गाउँपालिकाको झुगाला र मुगुको खत्याड गाउँपालिकाको सुकाडिकमा यो बेलिब्रिज अवस्थित छ ।

कर्णाली प्रदेश सरकार र खत्याड गाउँपालिकाको संयुक्त लागतमा ६० मिटर ९७ सेन्टीमिटर लम्वाई र करीव तीन मिटर चौडाईमा पुल निर्माण भएको जनाईएको छ । पुल निर्माण भए पछि स्थानिय हर्षित छन् ।

You May Also Like