दाङ । प्रहरीले जुवा खेलिरहेका सात जनालाई झन्डै एक लाख रूपैयाँ नगदसहित पक्राउ गरेको छ।
दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुरस्थित स्युजाली होटल एन्ड लजमा ९२ हजार रूपैयाँभन्दा बढी रकमसहित सात जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा होटल सञ्चालक घोराही– १७ का ४७ वर्षीय माधव गैरे, बंगलाचुली गाउँपालिका– ४ का २८ वर्षीय माधव खड्का, बंगलाचुली – २ का ३२ वर्षीय भरत घर्ती मगर, बंगलाचुली– ४ का २८ वर्षीय ताराप्रसाद न्यौपाने, बंगलाचुली– ६ का २४ वर्षीय पुषक अधिकारी, बंगलाचुली– ५ का ३४ वर्षीय दिवाकर वली र बंगलाचुली घर भई घोराही– १५ मा बस्दै आएका वर्ष ३० का नारायणप्रसाद वली रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले जानकारी दिए।
उनीहरूलाई गोप्य सूचनाका आधारमा प्रहरीले गत राति पक्राउ गरेको थियो।
