वैचारिक निष्ठासहित सामाजिक रुपान्तरण र श्रमजीवि जनताको हितमा संकल्प गर्‍यौं भने कृष्णसेनलाई श्रद्धाञ्जली हुनेछ : प्रचण्ड

काठमाडौं, १३ जेठ ।

नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कृष्णसेन इच्छुक भनेको त्यागको प्रतिमूर्ति भएको बताएका छन् ।

शुक्रबार पत्रकार कृष्णसेन इच्छुको स्मृति दिवसका अवसरमा प्रेस सेन्टरले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘वैचारिक निष्ठासहित सामाजिक रुपान्तरण र श्रमजीवि जनताको हितमा संकल्प गर्‍यौं भने कृष्णसेनलाई श्रद्धाञ्जली हुनेछ’, उनले भने, ‘कृष्णसेन इच्छुक भनेको त्यागको प्रतिमूर्ति पनि हो । कहीं कतै आशक्ति देखिएन उहाँमा । कृष्णसेनलाई सम्झिँदा हामीले पनि त्यागको संस्कृति अपनाउन तयार हुनुपर्छ ।’

कृष्णसेनलाई सम्झिनुको अर्थ पदका लागि र व्यक्तिगत लाभको निम्ति हुन नहुने उनले बताएका छन् । ‘अहिले व्यक्तिगत लाभ र आशक्ति बढेको छ । राजनीतिक दलहरु र नेताहरुमा लोभ बढेर गएको छ’, उनले भने, ‘कृष्णसेन तपस्याको पनि प्रतीक हो । पार्टीभित्र निकै अफ्ठ्यारो स्थिति आउँदा अन्तर संघर्ष जटिल हुँदा उहाँको भूमिका ठूलो थियो ।’

You May Also Like