थ्री स्टार र खुमलटारले अंक बाँडे

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा दुई ललितपुरे क्लब थ्री स्टार र खुमलटार एफसीले बराबरी खेलेका छन् ।

च्यासल रंगशालमा मंगलबार भएको खेलमा थ्री स्टा र खुमलटारले २-२ को बराबरी खेल्दै अंक बाँडेका हुन् । बराबरीपछि दुवैले समान एक अंक पाए । खेलमा थ्री स्टार र खुमलटार दुवैले एक पटक अग्रता लिएपनि कायम रख्न सकेनन् । लकेन लिम्बुले खेलको चौथो मिनेटमै गोल गर्दै थ्री स्टारलाई पहिले अग्रता दिलाएका थिए ।

तर पहिलो हाफको इन्जुरी टाइममा खुमलटारका मेसुके ओलोमोउले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।

You May Also Like