प्रचण्ड, देउवा र ओलीबीच सिंहदरबारमा छलफल

काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पक दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्माबीच भेटवार्ता भइरहेको छ । संसदीय समितिको भागबण्डा, टिआरसी विधेयक लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदबारमा तीन दलका शीर्ष नेताबीच बैठक भइरहेको हो ।

छलफलमा एमाले उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक पदम गिरी, कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका संसदीय दलका प्रमुख सतेक हितराज पाण्डे पनि सहभागी छन् ।

संसदीय समिति गठन, टिआरसी विधेयक’bout चैत २८ गते सभामुखको सरकारी निवास बालुवाटारमा सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच छलफल भएको थियो ।

वैशाख ४ मा ओली निवास बालकोटमा प्रधानमन्त्री प्रचण्ड, सभामुख घिमिरे, सभापति देउवा र अध्यक्ष ओलीबीच छलफल भएको थियो ।

त्यसपछि प्रधानमन्त्री प्रचण्डले ओलीसँग छुट्टै छलफल गरेका थिए । विभिन्न चरणमा भएको छलफलमा सहमति जुट्न नसकेपछि आज पुन बैठक बसेको छ ।

You May Also Like