देश प्रतिगमनतिर गइरहेको छ: डा. भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देश प्रतिगमनतिर गइरहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ७५ औं वर्षगाँठको अवसरमा आयोजित कार्यक्रममा उहाँले ठूलो क्रान्तिकारी पंक्ति सत्तामा गइसकेपछि भ्रष्टीकरण भएको तर्क गर्नुभयो ।

वैचारिक ढंगले अग्रगामी सोचकाविरुद्धमा प्रतिगमनकारी हावा बगिरहेको भन्दै उहाँले पछिल्लो अवस्थामा यसको आकार डरलाग्दो बनेर देखिएको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री भट्टराईले देश भित्र पनि विभिन्न ढंगले चर्चाका आधारमा मात्रै नयाँ शक्तिहरुको उदय हुनु भनेको राम्रो संकेत नरहेको तर्क गर्नुभयो । पूर्वप्रधानमन्त्री समेत रहनुभएका भट्टराईले माक्र्सले बनाएका विचारको धारमा टेकेर नयाँ समाजवादी धार सिर्जना गर्न जरुरी रहेको बताउनुभयो ।

You May Also Like