पार्टी–सरकारबीचको दुरी कम हुँदै गएको छः प्रवक्ता श्रेष्ठ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आन्तरिक पार्टी एकताको रक्षा गरेर अघि बढ्ने दिशामा नेतृत्व पंक्तिका बीचमा छलफल चलेको बताएका छन् । तीन दिनअघि भैंसीपाटीमा ६ सचिवालय सदस्यको छुट्टै बैठकपछिका शिर्ष भेटघाटले सरकार–पार्टीबीचको दुरी कम हुने निश्कर्षतिर उन्मुख रहको श्रेष्ठले बताए । 

सरकारले दुई अध्यादेश फिर्ता लिएसँगै पार्टी, सरकारबीचको दुरी कम भएको उनले बताए । ‘पार्टी एकताको रक्षामा हामी सबै एक मत छौं । अस्ति भैंसीपाटी बैठकको निश्कर्ष पनि त्यही हो । बाहिर भने जस्तो सरकार, पार्टी नेतृत्व परिवर्तन गर्ने भन्ने होइन’, श्रेष्ठले आइतबार समाचार दैनिकसँग भने ।  अध्यादेश फिर्ता लिनु पर्ने, सचिवालयमा छलफल गरी स्थायी कमिटीको बैठक र आवश्यक परे केन्द्रीय कमिटीको बैठकको समेत आव्हान गरौं भन्ने भैंसीपाटी बैठकको निश्कर्ष रहेको श्रेष्ठले बताए ।

‘पार्टीमा अप्ठ्यारा मोड्हरु नआउन र आईहाले पनि समाधान गरौं भन्ने चाहाना सबैको हो । त्यही अवस्थामा अहिले पार्टी शिर्ष नतृत्वबीच वान टु वान भेटघाट, छलफल भएको छ’, श्रेष्ठले भने ।  शनिबार प्रधानमन्त्री केपी ओली–पुष्पकमल दाहाल ‘प्रचण्ड’, ओली–माधव कुमार नेपाल, ओली–वामदेब गौतम, ओली–विष्णु पौडेलबीच वान टु वान वार्ता भएको उनले बताए । ‘भैंसीपाटी बैठकपछि शिर्ष नेताहरुबीच वान टु वान वार्ता भएका छन् । के भयो भन्ने भनिएको छैन । उहाँहरुबीच अस्ति भैंसीपाटीमा भएका निश्कर्ष ’bout छलफल भयो होला’, श्रेष्ठले भने । ६ जना सचिवालयमा सहभागी नभएका गृहमन्त्री तथा सचिवालय सदस्य राम बहादुर थापा ‘बादल’बीच पनि शनिबार वान टु वान भेटघाट भएको छ । श्रेष्ठकै भनाईसँग मेल खाने गरी उपाध्यक्ष वामदेब गौतमले आइतबार एक हस्तलिखित प्रेस नोट सामाजिक सञ्जाल मार्फत् प्रधानमन्त्री ओलीसँगको छलफल ’bout प्रष्टाएका छन् ।

कतिपयले प्रधामन्त्री र पार्टी नेतृत्व छोडन् भनेको भनि प्रचार गरिए अनुसार नभएको गौतमद्वारा सार्वनिक गरिएको प्रेस नोटमा उल्लेख छ ।  ‘भनिए जस्तै यदि ६ जना गुटको भेला गरेर दुई तिहाई नजिकको सरकार गिराउने काम पार्टीभित्रैबाट हुन्छ भने कसैको लागि शुभ काम होइन । तर, यी सबै मिडियामा आएका कुरा हुन् । हिजो भएका वान टु वान कुरा ’bout हामीले प्रधानमन्त्रीलाई सोधेका छैनौं’, प्रधानमन्त्री सचिवालयका एक सदस्यले भने ।  ६ जना सचिवालय सदस्यहरुले निकालेको निश्कर्ष अहिले बाहिर आएका बाहेक सरकार र नेतृत्व फेरबदल गर्नेसम्म भए पार्टी गम्भीर मोड्मा जाने बालुवाटारको बुझाई छ । स्रोतले भन्यो– ‘सरकार ती ६ जनाले भनेको जसरी पनि चल्दैन । अध्यादेश जारी गरेर मधेश केन्द्रित दल बिभाजन भएको भए, मधेशमा केपी ओली र प्रचण्ड नै उपस्थित हुँदा पार्टीलाई फाइदा हुने थियो । त्यो सफल भएन कुरा यत्ति हो । तर, यही बिषयलाई लिएर सरकार, नेतृत्व छोड्नुपर्छ भन्ने उहाँहरु (६ जना सचिवालय सदस्य)को निश्कर्ष हो भने पार्टी रहन्नँ ।’ पार्टी एकताका आधारदेखि अघिल्लो सचिवालय बैठकसम्मका निर्णयहरु कार्यन्वयन भए पार्टी–सरकारबीच सहज ढंगको वातारण सृजना हुने बालुवाटरको मनसाय देखिन्छ ।

‘पार्टी एकतादेखि अघिल्लो सचिवालयका निर्णयहरु दोहोरो कार्यन्वय भएमा त्यस्तो खासै फरक पर्दैन । भएका हुन् वा नभएका कुराहरु हुन् सरकार र नेतृत्व नै छोड्नुपर्छ भन्ने ६ जनाका निश्कर्ष हो भने पश्मि बंगालमा ज्योति बशु र तात्कालिन सोभियत रुसमा गोर्वाचोभलाई पाखा लगाउन खोज्दा के भयो अवस्था त्यही हन्छ’, बालुवाटार बैचारिक तर्कसहित जवाफ र ६ जना सचिवालय सदस्यहरुको गतिबिधि नियालेर बसेको ती सदस्यले जानकारी गराए । पार्टी र सरकारबीचका तालमेल नमिलेकाले खुमाल्टार पनि सहज वातावरण बनाउनेमै तल्लिन् देखिएको छ । ‘प्रधानमन्त्री र कार्यकारी अध्यक्ष प्रचण्डबीच छलफल जारी छ ।

एक दुई दिनमा सबै कुरा क्लियर भएर जान्छ । पार्टीलाई तलमाथि गर्ने गरी कसैले सोंचेका छैनन्’, खुमाल्टार स्रोतले भन्यो । ६ जनाबीच सरकारको राजीनामा र नेतृत्व परिवर्तन गर्ने गरी आएको हल्लाबाट बालुवाटार भने झस्केको छ ।

गौतमप्रति शंका गर्दै स्रोतले भन्यो– ‘आज पत्र–पत्रिकामा आएका खबरहरु हेर्दा वामदेब प्रचण्डसहित अन्य ५ जनाको सन्देश लिई दूत बनेर प्रधानमन्त्रीलाई भेटेको ठहर्छ । गौतमले प्रधानमन्त्रीलाई सरकार र नेतृत्व छोड्नु भन्नु भयो भनेर समाचार कसरी आयो त ?’ तर, गौतमको प्रेस नोटले मिडियामा आएका कुराहरुलाई सीधै खण्डन गरेको देखिन्छ । प्रवक्ता श्रेष्ठको भनाई र गौतमको नोटले प्रधानमन्त्रीले सरकार र पार्टी नेतृत्व छोड्नु पर्छ भन्ने मनसाय भैंसीपाटी बैठकको निश्कर्ष नरहेको प्रति संकेत गर्दछ ।

You May Also Like