दार्चुलामा एक महिलालाको आगो लगाएर हत्या, दुई जना पक्राउ

दार्चुला, २५ जेठ ।

दार्चुलामा एक एकल महिलालाई आगो लगाएर हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

शैल्यशिखर नगरपालिका–१ बारिलकी ४० वर्षीया अनिभा खडायतको हत्या गरेको आरोपमा प्रहरीले स्थानीय वीरेन्द्र खडायत र तुला खडायतलाई पक्राउ गरेको हो । घटनामा संलग्न रहेको आशङ्का गरिएका अर्का व्यक्ति भने फरार छन् ।

गएराति घर नजिकैको खरको थुप्रोमा आगो लगाएर ती महिलाको हत्या गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

घटनाको अनुसन्धान भइरहेको छ । ज्यान गुमाएकी खडायतका श्रीमान्को सात वर्षअघि निधन भइसकेको छ ।

घटना’bout अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।

You May Also Like