जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहीन


कास्की, १५ जेठ ।

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । नागरिक उड्ययन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमका अनुसार ९ एन एईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको हो ।

१९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको जनाइएको छ ।

अवतरण गर्ने समय भएपनि जहाज अहिलेसम्म सम्पर्कमा छैन । जहाज’bout खोज भइरहेको जनाइएको छ ।

You May Also Like