मेरा दाईहरु कविता अनेरास्ववियू सह-संयोजक रन्जित तामाङ
फेरि निरास भएर बाटो लागे
जो ब्यवस्था बदलियो भनेर
अवस्था बदलिने आशा बोकेर आए,
नत धर्ती ओछ्याएर निन्द्रा पुग्ने
नत आकाश ओडेर जिवन चल्ने
थन्काएर एक अंजुली रहरहरु
पट्याएर माया ममता बरु
बिहान(बेलुका छाक टार्न
कठ्याङग्रिदो शिरेटोमा
नढाकिएका नांगा आङहरु
भोक संग हारेर,रोग संग लड्न तम्सेका
कपाल पाकेका,परिस्थितिले थाकेका,
मेरा साथि(सहेलीहरु
निरासाको सुस्केरा लाउदै
आज फेरि मुग्लानिए,
जो आफ्नै बारिमा बैस बिसाउन आए ।