रोल्पामा सुनछहरी नृत्य तथा गायन तारा- २०७४ हुने

मनिषा राई/रोल्पाः सुनछहरी कला केन्द्रको आयोजनामा ‘अग्रजको सम्मान, नयाँलाई प्रोत्साहन’ भन्ने मूल नाराका साथ सुनछहरी नृत्य तथा गायन तारा–२०७४हुने भएको छ । जिल्ला समन्वय समिति रोल्पाको हलमा कलाकेन्द्रले आयोजना गरेको पत्रकार सम्मेलनमा सो कार्यक्रमका ’boutमा कला केन्द्रका अध्यक्ष दीपिन थापाले जानकारी गराउनुभएको हो ।

माघ २८ गतेबाट रोल्पा जिल्लाका १० वटा स्थानीयतहमा पहिलो चरणको कार्यक्रमबाट नृत्य तथा गायन ताराको आरम्भ गरिने बताउनुभयो । उहाँले रोल्पा जिल्लामा पहिलो पटक स्थानीयतहमै छनौट गरि दोस्रो चरणदेखि रोल्पाको लिबाङमा सञ्चालन गरिने समेत बताउनुभयो ।

सो कार्यक्रम रोल्पा नगरपालिका लगायत अन्य गाउँपालिकामा समेत सहयोगका लागि विभिन्न कार्यक्रम तथा प्रस्तावना पेश गरेको बताउँदै सो कार्यक्रम सम्पन्न गर्नका लागि ७ लाख बजेट खर्च हुन सक्ने अनुमान गरिएको छ ।


हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

You May Also Like